एक हप्तामा दुई चोटि सगरमाथा आरोहण गर्ने कर्मा शेर्पा पाकिस्तानको G1 र G2 चढदै

पवर्तारोही कर्मा गेल्जेन शेर्पा यतिखेर पाकिस्तानको G1 र G2 आरोहणको तयारीमा छन । उनले यो आरोहण गरेपछि विश्वको ८ हजार मिटरमाथिको १४ वटा सवै हिमालहरुको आरोहण पुरा हुने भएको छ । पर्वतारोही कर्मा सर्वोच्च शिखर सगरमाथामा ७ पटक आरोहण गर्नुका साथै एक हप्ताभित्र दुई चोटि सगरमाथा आरोहण गर्ने शाहसी आरोही हुन । उनले सन २०१९ र २०२२ मा एक हप्ताभित्र सगरमाथा दुइ पटक चढेका हुन । त्यस्तै मनासलु हिमाल र आमाडब्लाङ पनि एक हप्तामा दुई पटक आरोहण गरेका थिए ।

पर्वतारोहणमा लामो समयदेखिन निरन्तर लाग्दै आउने क्रममा उनले गरेको यस्तै शाहसीक कार्यकै कारण सवै माझ चर्चित आरोहीको रुपमा चिनिदै आएको छ ।

सोलुखुम्बु जिल्ला पासाङल्हमु गाउपालिका खारिखोलामा जन्मेका कर्माले आरोहण क्ष्ाेत्रमा देखाएकेा अदम्य शाहसकै कारण नेपालमा ‘तेन्जिङ हिलारी’ पुरस्कार समेत पाएका छन । उनले अहिलेसम्म सर्वोच्च शिखर सगरमाथामा ७ पटक , आमाढब्लाङ ४ पटक, मनासलु ४ पटक, ल्होत्से १ पटक र पाकिस्तानको माउन्ट केटु र ब्रोडपिकको शिखरमा पुग्न सफल भएका थिए ।

सर्वोच्च शिखर सगरमाथामा कर्माले ७ बर्षदेखिन नेपालको राष्ट्रिय झण्डा र अमेरिकामा स्थापना गरेको आरोहीहरुको सस्था युएस नेपाल क्लाइबर्स एसोसियसनको झण्डा पुर्‍याएको थियो । एसोसियसनको आजीवन सदस्य कर्माले सन २०१७ देखि ग्लोबल वार्मिङले हिमाल र हिमाली क्षेत्रमा परेका असरलाई कम गराउने उद्धेस्य अनुरुप सेभ द हिमालय अभियानमा लाग्दै आएका छन । उनले शिखरमा पनि त्यही अभियानको व्यानर समेत पुर्‍याएका थिए । पर्वतारोहण क्षेत्रमा उनले गरेको शाहसीक कार्यप्रति अमेरिकाको न्युयोर्कस्थित एसेम्बलीओमेन जेनिफर राजकुमारले समेत सम्मान गरेका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ५८ बजे

Post Credit: www.everesttimesnews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *